काठमाडौं । कलौरी शंकर महादेव धाममा आज कार्तिक १३ बाट दण्डवत यात्रा, गंगा सरफाइ, रुद्राभिषेक र गंगा महाआरती सुरु भएको छ । यसका लागि नेपालबाट काठमाडौं, वीरगन्ज, झापा, नवलपरासी, कञ्चनपुरलगायत देशका विभिन्न स्थानबाट हरिद्वार यस धाममा आएका छन् । यस्तै, भारतका विभिन्न स्थानबाट पनि भक्तजनको आगमन भएको छ ।
श्री श्री १००८ महामण्डलेश्वर श्री करौली शंकर महादेव दास जी महाराजको पावन सान्निध्यमा आयोजना हुने कार्यक्रममा सहभागी भक्तजनहरूले ऐतिहासिक दण्डवत यात्रा, धार्मिक दर्शन, आध्यात्मिक सत्सङ्ग तथा भक्तिमय अनुष्ठानमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
दण्डवत यात्रा हरिद्वारको दक्षश्वर महादेवदेखि हर्किपौडीसम्म हुनेछ ।
करौली शंकर धामको औपचारिक निमन्त्रणामा नेपालबाट विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय महासचिव आचार्य शम्भुहरि बास्तोलासहितको प्रतिनिधि मण्डल पनि सहभागी हुने आयोजकले जनाएको छ ।
यसले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
करौली शंकर धाम नेपालका पूर्वअध्यक्ष दयाश्री प्रधान तथा महासचिव खगेश्वर पाठकका अनुसार कार्यक्रममा नेपालबाट करिब ११ हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । देशका विभिन्न स्थानबाट भक्तजनहरू धार्मिक यात्रामा सहभागी भइरहेकाले यसले नेपाली सनातन धर्मावलम्बीहरूबीच धार्मिक एकता, आपसी सद्भाव र आध्यात्मिक जागरणको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।




प्रतिक्रिया