काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज शपथ ग्रहण गर्ने भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको मत गणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली आज दिउँसो २ बजेका लागि तय भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवनमा हुनेछ ।



प्रतिक्रिया