काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने वा नलगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने संकेत सार्वजनिक भएको छ । अमेरिकी राजदूत सर्जियो गोरले ब्लुमबर्ग न्यु इकोनोमी फोरममा बोल्दै प्रतिबन्धबाट भारतलाई छुट दिने वा नदिने अन्तिम निर्णय पनि ट्रम्पले नै गर्ने बताएका छन् ।
रुसबाट तेल तथा ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशत ट्यारिफ लगाउन सकिने व्यवस्था समेटिएको विधेयक अमेरिकी संसद्ले सेप्टेम्बर १६ मा पारित गरेको थियो । ट्रम्पले सेप्टेम्बर १८ मा उक्त विधेयकलाई स्वीकृति दिए पनि हालसम्म कुनै देशमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छैनन् । समाचारमा उल्लेख भएअनुसार, कानुन पारित भएको ३० दिनभित्र यस विषयमा निर्णय लिनुपर्ने व्यवस्था छ ।
विडम्बनापूर्ण पक्ष के छ भने, रुसबाट इन्धन खरिद गर्ने देशमाथि कडा शुल्क लगाउने कानुनी व्यवस्था अघि बढिरहेका बेला ट्रम्प प्रशासनले रुसबाट डिजेल खरिदमा लगाइएको रोक सन् २०२७ अप्रिल ७ सम्मका लागि हटाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया