संसदीय सुनुवाइमा नेपाली भाषा प्रयोग गर्न रुलिङ

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् ।

यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरुले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।

कतिपय कोट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ ।

सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाइ जारी छ । सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतको सुनुवाइ भएको थियो ।

आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार