भदौ २३ र २४ का दोषीमाथि कारबाही भएको हेर्न मन छ : शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आगामी ६ महिनामा जेनजी आन्दोलनमा गोली हान्ने र सिंहदरबार जलाउने कठघरमा भएको हेर्न चाहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले निजी सम्पत्ति जलाउनेलाई पनि कठघरामा लैजानुपर्ने बताए । “अब आउने ६ महिनापछि या तीन महिना पछाडि सदनमा उभिँदा जेनजी आन्दोलनमा ड्याम, ड्याम गोली टाउकोमा ताकेर हान्नेहरू जेलको कस्टडीमा उभिएको हेर्न चाहन्छौँ, उनले भने, “सिंहदरबार जलाउने, संसद् भवन जलाउने, व्यक्ति निजी सम्पत्ति जलाउने कठघरामा उभ्याएको हेर्न चाहन्छु ।”

सरकारले ६ महिनामा जति गर्नुपथ्र्यो त्यो गर्न नसकेको टिप्पणी गरे । “६ महिनामा कति काम गर्‍यो । त्यो सबैलाई थाहा छ । ६ महिनामा देशै कायापलट गर्नुपर्छ भन्ने छैन । जति गर्‍यो गरिराखेको छ । तर, जति चाहियो त्यति भएन,” उनले भने ।

उनले रोजगारी सिर्जना गर्ने ठोस नीति सदनमा ल्याउँदा विरोध नगर्ने बताए । विदेशमा रहेका नेपालीबारे रास्वपा सभापति रवि लामिछानेले वाचा गरेको संविधान संशोधनबारे छलफल नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार