काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा मन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएकोमा रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा खनालले महासभा अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस अवसरमा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय, संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ बनाउने आवश्यकता तथा यसका लागि गर्न सकिने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का कारण भएको क्षति र त्यसबाट परेको प्रभावबारे समेत विचार आदानप्रदान भएको थियो ।




प्रतिक्रिया