अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हमला

काठमाडौं । पाकिस्तानले बिहीबार अफगानिस्तानका १० ठेगानामा हवाई हमला गरेको छ । ड्रोन लन्च र भण्डारण गरिने स्थानहरूलक्षित गरी पाकिस्तानले हमला गरेको हो ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार तरारले पाकिस्तानको वायुरक्षा प्रणालीले बुधबार अफगान भूभागबाट पठाइएका ड्रोनहरूको पहिचान गरी तिनलाई आफ्नो लक्ष्यमा पुग्नुअघि नै नष्ट गरिदएको छ ।

त्यसपछि पाकिस्तानले सटीक हवाई तथा ड्रोन हमला गर्दै १० ठेगानालाई निसाना बनाएको थियो ।

अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानका आरोपलाई खारेज गर्दै आफ्ना तर्फबाट कुनै पनि ड्रोन नपठाइएको जनाइएको छ । तालिबान अधिकारीहरूले यी हमला दक्षिण–पूर्वी प्रान्त खोस्त र पक्तियाका विभिन्न इलाकामा भए पनि यसबाट कुनै मानवीय क्षति नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार