नेकपाको जारी केन्द्रीय संयोजन समितिको बैठकमा २२ बुँदे फरक मत

काठमाडौं। नेकपाका नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठकबाट आगामी राष्ट्रिय महाधिवेशनबारे ठोस योजना बनाउनुपर्ने प्रस्तावसहित २२ बुँदे फरक मत राखेका राखेका छन् ।

नेकपाको जारी सो बैठकमा उनले फरक धारणा राखेका हुन् ।

उनको प्रस्तावमा  भनिएको छ, ‘बैठकबाट नेकपाको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका निम्ति यो पार्टीको केन्द्रीय समितिलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरित गरौँ । केन्द्रीय समितिका सबै साथीहरूलाई र अरू केही अत्यावश्यक साथीहरूलाई समेत थपेर उहाँहरूलाई स–सम्मान आयोजक समितिमा राख्ने निर्णय गरौँ । त्यसो गर्दा सबै साथीहरूलाई सम्मान पनि हुन्छ।’

राष्ट्रिय महाधिवेशन आयोजक समितिको नेतृत्व र समन्वय गर्नका निम्ति एक जना संयोजक नै पर्याप्त हुने उनको भनाइ छ। अहिले नेकपामा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल छन्।

प्रस्तावमा भनेका छन्, ‘संयोजक र सहसंयोजक बनाई रहन पर्दैन । त्यस्तो संरचना बनाउँदा नेकपा बनाउँदाको विगत धङधङीको आभास दिन्छ । त्यतिवेला दुई पार्टी एकता भएकाले त्यसलाई असामान्य ठानिएन । अहिले २६ घटकको एकीकरण भने पछि त्यो मोडेल अहिले उपयुक्त हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित समाचार