पार्टी एकतामा खाँणको जोड

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टीमा देखिएको दुविधा अन्त्य गर्दै तल्लो तहदेखि नै सहमतिको वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बुटवल नगर समितिको अधिवेशन उद्घाटनका क्रमम उनले यस्तो बताएका हुन् ।

खाँणले पार्टीभित्र खुला सैद्धान्तिक मतभेद नभए पनि नेतृत्व चयन र महाधिवेशन प्रतिनिधिको भूमिकालाई लिएर दुविधा देखिएको बताए । उनले पार्टीको नेतृत्व चयनमा सम्भव भएसम्म सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

“यहाँबाट जाने प्रतिनिधिले काठमाडौंमा महाधिवेशनमा कसलाई सभापतिमा भोट हाल्ने भन्ने दुविधा भइरहेको छ,” खाँणले भने, “त्यसैले पार्टी सभापति गगन थापालाई नै मंसिर २१ गते सर्वसम्मत सभापति बनाउँछ भन्ने हामी सबैलाई विश्वास छ ।”

वडा तहमा ठूलो संख्यामा सहमति कायम भएको भन्दै पालिका र स्थानीय तहमा पनि त्यही अभ्यासलाई निरन्तरता दिन उनले आग्रह गरे । “पालिकास्तरमा पनि सम्भव भए सहमति गरौँ । बुटवलमा पनि सम्भव भए सहमति गरौँ, भैरहवामा पनि सहमति गरौँ, तिलोत्तमामा पनि सहमति गरौँ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार