सर्वोच्चले संविधान संशोधन र हाम्रो अधिकार रोक्यो : रास्वपा सांसद चौलागाई

काठमाडौं । रास्वपा सांसद मधुकुमार चौलागाईंले न्यायालय निरङ्कुश बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘गएको भदौ ३१ गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले सङ्घीय संसद् नियमावलीको नियम १४० को ११ र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ। र अर्को त्यही नियमावलीको २५९, यो दुइटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ।’

उनले थपे, ‘हामीले खोजेको स्वतन्त्र न्यायपालिका, हामीले खोजेको जनतालाई न्याय डेलिभरी गर्ने न्यायपालिका, आज निरङ्कुशता गएको छ। त्यसकारण न्यायपालिकामा पुनर्संरचना आवश्यक छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार