नेपाल–भारत सम्बन्धबारे परराष्ट्रमन्त्री खनाल र जयशंकरबीच छलफल

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा उद्धार र राहतका लागि उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

वार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध, द्विपक्षीय हित तथा विभिन्न सम्झौताको कार्यान्वयन र प्रगतिबारे छलफल भएको थियो । दुवै पक्षले लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार