ओलीलाई मार्ग प्रशस्त गर्न पोखरेलको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाएका छन्।

जारी केन्द्रीय कमिटीको बैठकलाई पत्र लेख्दै पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक बिदाइका लागि सुझाव दिएका हुन् ।  पोखरेल श्रीमतीको उपचारका लागि भारतमा छन्।

पोखरेलले भनेका छन्, ‘…आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’

यतिबेला ओलीले सम्मान साथ विदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानु भन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार