काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आगो लगाएको आरोप लगाएकी छन् ।
आज बसेको प्रतिनिधिसभालाई संबोधनका क्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद केसीले गत साता सर्वोच्चमा आगलागी भएको विषयमा प्रश्न उठाउँदै सभापति लामिछानेको निर्देशनमा घटना भएको आरोप लगाइन्।
उनले भनिन्, ‘गत भदौ २३ र २४ गते सर्वोच्च अदालत जलाउँदा अहिले जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानिछानी फेरि आलो लाग्दै छ। त्यो के फाइल थियो र पटक–पटक जल्छ। जेनजी आन्दोलन अगाडि नै रास्वपा सभापति एवम् गृहमन्त्रीले कुनकुन फाइल कुन अदालत र कति नम्बर कोठामा रहेछ भनेर निर्देशन दिएर जलाउँदा पनि कुन फाइल बाँकी रहेछन् र जल्दैछन्।’



प्रतिक्रिया