काठमाडौं । यामाहा नेपालीहरूको महान पर्व बडादशैँ नजिकिएसँगै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ । यसमार्फत ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको छ ।
नयाँ पुस्ताको प्रविधि, स्पोर्टी डिजाइन र उत्कृष्ट प्रदर्शनलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले ग्राहकलाई यस पर्वमा दुई पांग्रे सवारीसाधनसँगै थप खुसी मनाउने अवसर प्रदान गरेको छ । यस अभियानअन्तर्गत ग्राहकले क्युआर कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका पाउने छन् ।
खरिद गरेको सवारीसाधनको भेरिफिकेसन गरेपछि भने ग्राहकले १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउने छन् । यो यामाहाले ल्याएका अहिलेसम्मकै ठूला चाडपर्व लक्षित अफरमध्ये एक हो ।
साथै, रजिस्ट्रेसन गरेका ग्राहकले हरेक हप्ता विभिन्न हाइटेक ग्याजेट जित्ने मौका पनि पाउने छन् । जसले यस अभियान अवधिभर थप उत्साह थप्ने छ । अभियानको ग्रान्ड प्राइजअन्तर्गत एक जना भाग्यशाली विजेताले ब्राण्ड न्यू यामाहा आर१५ घर लैजान पाउने छन् ।
चाडपर्वको समयमा सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गर्न सक्ने छन् ।
साथै, एमएडब्लु हायर पर्चेजमार्फत इजी फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ । ग्राहकले यामाहाको ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि लिन सक्ने छन् । जसअन्तर्गत नागरिकताको कागजात मात्र बुझाएर सवारीसाधन घर लैजान सकिने छ।
यस अभियानमा यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित सम्पूर्ण मोडल रेन्ज समेटिएको छ । यसले ग्राहकलाई यो दशैंमा आफ्नो आवश्यकता र रोजाइ अनुसार विभिन्न विकल्प छनोट गर्ने अवसर प्रदान गर्ने छ । चाडपर्वको समयमा नेपाली ग्राहकका लागि उत्कृष्ट प्रदर्शन र सहज पहुँचलाई एकसाथ अघि बढाउने आफ्नो निरन्तरको प्रतिबद्धतालाई यो अभियानले प्रतिबिम्बित गर्ने यामाहाले जनाएको छ ।
यसका अतिरिक्त, यामाहाले यस अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ । यसले चाडपर्वको उत्सवमा सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ ।
यस वर्षको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान मार्फत यामाहाले ग्राहकका लागि चाडपर्वको अनुभवलाई अझै बढी लाभदायी र उत्साहजनक बनाउने लक्ष्य राखेको छ । साथै, नेपालमा विश्वासिलो दुईपांग्रे ब्रान्डका रूपमा आफ्नो स्थानलाई थप मजबुत बनाउने उद्देश्य पनि यामाहाको रहेको छ । अभियानका लागि हाल रजिस्ट्रेसन खुला रहेको छ। यसमा यामाहाका आधिकारिक नियम तथा सर्तहरू लागू हुने छन् ।







प्रतिक्रिया