काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई हस्तान्तरण गरिएको हो ।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको नाडाले जनाएको छ ।
यसअघि नाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत गरेको थियो । भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको थियो ।
नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ ।







प्रतिक्रिया