काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापतिलगायत माथि लागेको आरोप खण्डन गर्न झुटो अभिव्यक्ति दिँदा विवादमा तानिएका छन् ।
अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले प्रधानमन्त्री बालेन शाह,सभापति लामिछाने सुदन गुरुङ रन्जु दर्शनालाई युवा नेतृत्वको शीर्षकमा अमेरिकाले फन्डिङ गरेको उल्लेख गरेको छ । सो विषयलाई लिएर प्रतिपक्षीले सदनदेखि सडकसम्म उठाएको आवज मथ्थर गर्न पोखरेलले सो पत्रिकाक फ्लोअर्स ७० हजार मात्र भएकाले विश्वसनीय नभएको बताएका थिए । यो अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन् ।
तर सो पत्रिकाका फ्लोअर्स ४ लाख ५४ हजार ७ सय देखिन्छन् । यस्तै उनले सो पत्रिकाबारे अमेरिकामा रहेका अमेरिकी नागरिक र धेरै नेपालीलाई द ग्रे जोनबारे जानकारी नरहेको बताएका थिए ।
पत्रकारहरूले ‘द ग्रे जोन’ को रिपोर्टबारे सरकारको धारणा सोध्दा पोखरेलले सोझै जवाफ नदिई उल्टै ‘तपाईंको मिडियाको कति फलोअर्स छन् ?’ भनी प्रश्न गरेका थिए ।
पत्रकारले आफ्नो मिडियाको फलोअर्स संख्या १० लाख रहेको बताएपछि पोखरेलले भने, ‘ग्रे जोनको फलोअर्स ७० हजार मात्र छन् । अब आधिकारिकता आफैं अनुमान गर्नुस् ।’
यो अभिव्यक्तिसँगै सञ्चारकर्मीले उनलाई आधिकारिकताको मापक फ्लोअर्स मात्रै हो र भनी प्रश्न गरेका थिए । त्यसपछि उनलाई सम्हालिन हम्मेहम्मे भएको थियो ।

प्रतिक्रिया