अर्थमन्त्री सहभागी छलफलमा भारतीय झन्डामात्रै प्रयोगको अर्थ ?

भारत भ्रमणका क्रममा रहेका अर्थमन्त्री डा‍ स्वर्णिम वाग्ले सहभागी छलफलमा भारतीय झण्डामात्रै प्रयोग भएको पाइएको छ ।  जुन अत्यन्तै गम्भीर प्रश्न हो ।

दुई देशका उच्चस्तरीय प्रतिनिधिबीच हुने कुनै पनि वार्तामा दुवै देशकाे झण्डा राख्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाे छ । कुटनीतिक भेटघाटमा याे आधारभूत प्राेटाेकल पनि हाे ।

तर अर्थमन्त्रीले भारतीय समकक्षी निर्मला सीतारमणसँग उनकै कार्यकक्षमा वार्तामा बस्दा एकातर्फ मात्रै झण्डा थियाे । भारतीय अर्थमन्त्री सीतारमणकाे छेउमा भारतीय झण्डा थियाे भने अर्थमन्त्री डा. वाग्ले झन्डाविहीन थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार