काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले प्रधानमन्त्री राहत कोषमा २७ लाख १५ हजार सहयोग गर्ने भएको छ ।
प्रति सदस्य न्यूनतम १५ हजारका दरले रास्वपाले उक्त रकम बाढीपीडितिका लागि सहयोग गर्न लागेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
यसअघि रास्वपाले पार्टीकोतर्फबाट ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ । प्रधानमन्त्री राहत कोष प्रधानमन्त्रीको एकल खटनपटनबाट सञ्चालन भएको कोष हो ।

प्रतिक्रिया