काठमाडौं। ग्लोबल आइएमई बैंकले असोज १६ गते २०औं वार्षिक साधारणसभा बोलाएको छ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको हो।
साधारणसभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।






प्रतिक्रिया