पाँचौँपटक भारतले पठायो राहत सामग्री

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट पीडितको उद्धार तथा राहतका लागि सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौँ खेपको सहयोग पठाएको जानकारी गराएका छन् ।

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि लिएर विमान नेपाल आएको जानकारी दिएका हुन् । यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

नेपालमा हाल उद्धार तथा राहत काम भइरहेको छ । भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार