काठमाडौं । बाढीपछिको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल बीमा प्राधिकरणले १० करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले मंगलबार उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
प्राधिकरणले याे सहयाेगले विपदबाट पीडित भएका परिवारलाई केही राहत पुग्ने विश्वास लिएकाे जनाइएको छ ।


प्रतिक्रिया