काठमाडौं । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको लारक द्वीपमा रकेट लन्चर प्रहार गरेपछि इरानले जवाफी हमला गरेको छ ।
जुलाईको अन्तिम सातापछि अमेरिकाले इरानलाई पहिलोपटक आक्रमण गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री धराप विछ्याउने तयारी गरेपछि आक्रमण गरेको बताएको छ ।
इरानले जवाफी हमलामा जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । इरानी परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आत्मरक्षाका लागि अमेरिकी सैन्य शिविरमा हमला गरेको बताएको छ ।
इरानले जवाफी हमला गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा हमलाको चेतावनी दिएका छन् । फक्स न्युजसँगको संवादमा उनले यस्तो चेतावनी दिएका हुन् । यता, इरानी राष्ट्रपति मसुद पेजस्कियानले युद्धको पक्षमा इरान नरहेको भन्दै अमेरिकी हमलाको जवाफ दिन भने नछोड्ने बताएका छन् ।

प्रतिक्रिया