प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्याएको क्षतिका कारण स्थगित गरिएको हो ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘छलफल भइरहेको छ । बैठक संक्षिप्त नै बस्छ ।’
भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लामा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन् ।

प्रतिक्रिया