काठमाडौँ । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासक नियुक्तिका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले जीवन कटुवाल, विजय श्रेष्ठ र भरतराज बस्तीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्ये श्रेष्ठलाई प्रमुख प्रशासकमा नियुक्त गरेको हो ।
श्रेष्ठले अब कर्मचारी सञ्चय कोषको नेतृत्व सम्हाल्नेछन् । उनको नियुक्तिसँगै कोषको प्रशासनिक तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कोषका निवर्तमान प्रमुख प्रशासक जितेन्द्र धिताललाई रास्वपा सरकारले अध्यादेश ल्याएर पद मुक्त गरेसँगै सो पद खाली थियो ।


प्रतिक्रिया