१५‌‍औँ महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। बिहीबार महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।

संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गरिनेछ। उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनः सुनुवाइमा जाने भएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने इतर समूहको निष्कर्ष छ।

यता, नेपाली कांग्रेसले भने महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार कांग्रेसको वडा अधिवेशन आगामी २४ भदौमा गर्ने तयारी छ।

महाधिवेशनको प्रक्रिया अघि बढाउने पार्टीको निर्णय र त्यसलाई रोक्न संस्थापन इतर समूह अदालत जाने तयारीसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार