मन्त्री हेलिकोप्टर चढेको विषयलाई लिएर संसदमा जुहारी

काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसद्‍मा सांसदहरूबीच विरोध र बचाउको क्रम सुरु भएको छ ।

मंगलबार पनि सांसदहरूले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरिरहेका छन् ।

नेपाली कांग्रेसकी सचेतक बासना थापाले जनताले राहत नपाएको, सिटामोल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताइन् । ‘काठमाडौंको मिनिरल वाटर र जारको पानीका हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ । मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन’, उनले भनिन् ।

बैतडी पुगेका पूर्वाधारमन्त्री लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौंमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो ।

प्रतिक्रिया