काठमाडौं । होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजारा दुसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
पीडित परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारी राति १० बजे मन्त्री प्रतिभा रावलसँग परिवारका सदस्यलाई फोन गराएका थिए । त्यसक्रममा मन्त्री रावलले आफूले पीडित पक्षका लागि काम गर्ने, धनीपुर्जासहितको जग्गाको लागि पहल गरिरहेको र राति आउन समस्या भएको बताएकी थिइन् ।
उनले शव उठाउन दिन आग्रह गरेकी थिइन् । शव टिचिङ हस्पिटलमा लगेर राखिएको छ।
वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित हुँदा उनको मृत्यु भएको भन्दै परिवार तथा अधिकारकर्मीहरूले सरकारसमक्ष १२ बुँदे माग राखेका छन् ।





प्रतिक्रिया