काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।
प्रस्तावअनुसार फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र इमेलबाट प्राप्त गुनासोलाई एउटै पोर्टलमार्फत व्यवस्थापन गरिनेछ। साथै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ।
गत आर्थिक वर्ष २०८२/८३ मा हेलो सरकारमा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो।


प्रतिक्रिया