नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहीबार फेसबुकमा पोस्ट गरेको स्टाटसमा देउवाले नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु रहेको बताएका छन् ।
“म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु,” उनले भनेका छन् ।
घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै देउवाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
“हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु,” उनले भनेका छन् ।


प्रतिक्रिया