काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी घटनामा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले भने, ‘सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ किन उपस्थित हुनु भएन भनेर प्रश्न गरेका छौँ ।
किन सरकार स्टाटसमा मात्र भेटिएको छ ? सरकार किन ग्राउन्ड जिरोमा उपस्थित हुन सकेको छैन ।’
उनले सामाजिक सद्भाव भड्किएको ठाउँमा राज्यले गर्ने काम गर्दै गर्छ राजनीतिक दलले पनि सद्भाव कायम राख्न काम गर्नुपर्छ भन्ने विषयमा छलफल भएको बताए ।
यो घटनाको संवेदनशीलतालाई ख्याल गर्दै सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्नेमा बैठकमा सहभागी नेताले जोड दिएको उनको भनाइ छ ।




प्रतिक्रिया