राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षाको विन्दुमा पार्टी नपुगेको बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताए । ”प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ । अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ । उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,” उनले भनेका छन् ।
देवानगञ्च प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए । उक्त विषयमा सञ्चारकर्मीहरूको जिज्ञासामा लामिछानेले भने,”यो बैठक नितान्त दलका शीर्ष नेताहरूको बैठक हो । यसमा सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ। हामी सबै दलले जिम्मेवार ढंगबाट सद्भाव र शान्ति कायका लागि अपिल गरेका छौँ । अप्ठेरो परिस्थितिमा मुलुकलाई निकास चाहिएको अवस्थामा सर्वपक्षीय पहल, सहकार्य र समझदारी खोज्ने राजनीतिक संस्कारका पक्षमा रास्वपासहित अन्य दल एकै ठाउँमा छौँ,” उनले भने ।
घटनाको प्रारम्भिक चरणमै सरकारबारे निष्कर्ष ननिकाल्न पनि उनले अनुरोध गरेका छन् । सरकारले आफ्नो दायित्व निर्वाह गर्ने उनको जिकिर छ ।



प्रतिक्रिया