ठमाडौं । सुनसरीका केही स्थानमा कर्फ्यु र निषेध आदेश अझै जारी छ । राजमार्ग क्षेत्रमा जारी गरिएको कर्फ्युको आदेश मात्र हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।
आइतबार (साउन १०) राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो । प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । अरू केही व्यक्ति घाइते छन् ।
सोही घटनापछि सोमबार (साउन ११) बिहान कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।
“जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगंजमा भएको घटना र सो घटनापश्चात् सिर्जित भएको परिस्थितिका सम्बन्धमा सम्भावित जोखिम न्यूनीकरण गर्न हिजो (सोमबार)देखि यस जिल्लाको केही स्थानमा कर्फ्यु र निषेध आदेश जारी गरिएको र अवस्थाको मूल्यांकनको आधारमा कुनै ठाउँको कर्फ्युको आदेश हटाइएकोमा सर्वसाधारणमा द्विविधा भएको भनी जानकारी प्राप्त हुन आएकोले हिजो साँझ राजमार्ग क्षेत्रमा जारी गरिएको कर्फ्युको आदेश मात्र हटाइएको जानकारी गराउँदै तपसिलबमोजिम स्थानमा निषेधाज्ञा र कर्फ्युको आदेश जारी रहेको सम्पूर्ण सर्वसाधारणमा जानकारी गराउँदछौँ,” सीडीओ अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केही स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहेको उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया