दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ भवानी र नवीनलाई

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ।

दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत उहाँहरूलाई उक्त पुरस्कार संयुक्त रुपमा अर्पण गर्ने निर्णय गरेको हो।

सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेशासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार भवानी अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्‍याउनुभएका निर्देशक नवीन सुब्बालाई सम्मान गर्न लागिएको हो। ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार