गिटी बालुवा उत्खनन् गर्न प्रतिबन्ध

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गिटी, बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको छ ।

गाउँपालिकाले आगामी भदौ मसान्तसम्मका लागि पालिका क्षेत्रभित्र नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले आउँदो भदौ ३१ गतेसम्म गिटी, बालुवाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न पूर्णरुपमा प्रतिवन्ध गरिएको उल्लेख गर्नुभयो ।

तोकिएको अवधिभर नदीजन्य पदार्थको उत्खनन् अर्थात गिटी, बालुवा झिक्ने, ओसारपसार गर्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने शेर्पाले बताउनुभयो । उहाँका अनुसार पालिका क्षेत्रभित्र रहेका नदीनाला तथा खोला खोल्सीबाट ढुङ्गा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन तथा बिक्री वितरण र ओसार–पसार गर्न नपाइने भएको छ ।

नेपाल सरकारद्वारा जारी गरिएको मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया