मोडल डली मिसेस नेपाल युनिभर्स

मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल युनिभर्स’मा विजेता घोषित भएकी छन्। विजेता भएसँगै उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

ललितपुरको झम्सिखेलमा सम्पन्न ‘क्राउन सेरेमोनी’मा उनलाई प्रदान गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा डलीलाई विजेताको ताज हस्तान्तरण गरेका थिए।

डली तेस्रो चरणको क्यान्सरसमेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । नेपाली विज्ञापन र फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन् ।

प्रतिक्रिया