काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार २ लाख ९१ हजार ३०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको १५५ रूपैयाँले घटेर ४ हजार ३०५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया