एमाले र नेकपाबीच एकताको प्रक्रिय अघि बढ्यो : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपासँग सहकार्यको प्रक्रिया औपचारिक रुपमा अघि बढेको बताएका छन् । उनले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटपछि एकताको प्रक्रिया अघि बढेको छड्के नेपाललाई जानकारी दिए ।

‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ,’ उनले प्रचण्डलाई उद्धृत गर्दै लेखेका छन् ।

‘वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा,’ उनले लेखेका छन् ।

यद्पि ओली र प्रचण्डबीच कहाँ भेट भयो भन्नेबारे खुलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार