काठमाडौं । असार २९ गते कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि शंकास्पद रूपले राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गत असार ७ गतेदेखि चितवनमा भएको रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरूङका लागि प्रयोग भएको तथ्य खुलेको छ।
बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएर आएका एक शंकास्पद व्यक्तिले कान्तिपुर कार्यालयअगाडि गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले त देखेका थिए नै, कान्तिपुर अगाडि जडान भएको सीसी टिभीले समेत उजागर गरेको थियो ।
कान्तिपुरसँगसँगै बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको अगाडि पनि त्यसदिन शंकास्पद गाडी तेर्स्याइएको थियो। शंकास्पद गाडी हटाइदिन अनुरोध गरिए पनि कान्तिपुर आफैंले क्रेन बोलाएर गाडी हटाएको थियो ।



प्रतिक्रिया