‍औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौं । क्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ ।

विभागअन्तर्गतको औषधि मूल्य अनुगमन समितिको शुक्रबार बसेको बैठकले भारतको सिलिङ प्राइसलाई आधार मानेर केही औषधिको मूल्य पुनःनिर्धारण गर्ने विषयमा छलफल गरेको हो ।

औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले यही समस्या समाधान गर्न मूल्य समायोजनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।

खड्गीका अनुसार केही औषधिको हालको मूल्य कम भएकै कारण बजारमा तिनको उपलब्धतामा समस्या देखिएको र समय–समयमा अभाव हुने गरेको छ । साथै केही अन्य औषधिको हकमा पहिले तोकिएको मूल्य आवश्यकताभन्दा बढी रहेको भन्दै त्यसलाई घटाउनुपर्ने औंल्याइएको छ । यिनै आधारमा मूल्य समायोजनको प्रस्ताव तयार पारिएको खड्कीले बताइन् ।

प्रतिक्रिया