प्रदेश सरकार : मधेशमा मन्त्रालय हेरफेर हुँदै

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ । यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीन वटै दल मन्त्रालयको सङ्ख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् ।

मधेस सरकारमा हाल १२ वटा मन्त्रालय छन् । मन्त्रालय सङ्ख्या घटाएर ९ वटा मात्र राख्ने गृहकार्य सुरु भएको गठबन्धनका नेताहरूको भनाइ छ ।

सातवटै प्रदेशमा यसअघिको गठबन्धन भत्किएर नयाँ गठबन्धनको तयारी भइरहेका बेला मधेशमा भने सोको प्रभाव नदेखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार