भारतीय सहयोगमा निर्मित गुम्बाको शिलान्यास

काठमाडौं । भारतीय दूतावासको सहयोगमा सोलुखुम्बुको लिखु गाउँपालिकामा निर्माण भएको गुम्बा शिलान्यास भएको छ । भरतीय दूतावासका द्वितीय सचिव अजयकुमार सिंह र पालिका अध्यक्ष मीना कार्की बस्नेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको तीन करोड ३० लाख रुपैयाँमा यो गुम्बा निर्माण हुन लागेको हो । भारत सरकारले प्रदान गरेको विकास सम्बन्धी परियोजनाको शिलान्यास कार्यक्रममा सराहना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार