सांसद नरबहादुर बिष्टले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारमाथि यस्तो टिप्पणी गरेका हुन् ।
‘यो सरकार सुकुमवासी, दलित, भूमिहिन, मधेसी, मुस्लिम, गरिबमारा सरकार । यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई,’ सांसद बिष्टले भने ।
सरकारले जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गरिरहेको पनि आरोप लगाए । ‘यसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो, आज त्यो इतिहासको नाममा कालो चश्मा र कालो कोट लगाएर फेरि एकचोटि नेपाली जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ,’ उनले भने, ‘त्यसैले म यो सरकारको घोर भत्र्सना गर्न चाहन्छु ।’
सांसद बिष्टले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको निष्पक्ष छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे । उनले कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयका डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा पनि आपत्ति जनाए ।




प्रतिक्रिया