१८औँ नम्बरका कार्की मुख्यसचिव नियुक्त

काठमाडौं । वरिष्ठता मिच्दै वालेन्द्र शाह सरकारले मुख्यसचिव नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद्ले बुधबार वरीयता क्रममा १८औँ नम्बरका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा बढुवा गरेको छ । उनी निजामती सेवामा ‘कनिष्ठ’ सचिवमा पर्छन् ।

त्यसो त, बालेन नेतृत्वको संवैधानिक परिषद्ले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा पनि चौथो नम्बरका न्यायाधीशलाई ‘अवसर’ दिएको थियो ।

मुख्यसचिव सुमनराज अर्यालको पदावधि शुक्रबार सकिँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव कार्की वरीयतामा आफूभन्दा अघिका १७ वरिष्ठ सचिवलाई पछि पार्दै मुख्यसचिव बन्न सफल भएका हुन् ।
नेपाल सरकारका निजामती सेवाका सचिवहरूको वरियतामा उनी १८औँ नम्बरमा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार