काठमाडौं । सम्पत्ति छानबिन आयोगले छानविनका लागि फाइल खोलेको छ ।
आयोगका अनुसार अहिलेसम्म १३ हजार भन्दा बढी सम्पत्ति विवरण प्राप्त भएका छन् भने १ हजार ५ सय वटा भ्रटाचारका उजुरी दर्ता भएका छन् ।
सम्पत्ति विवरणको फाइल खोलेर छानबिनको सुरु गरिएको आयोगका सदस्य तथा प्रवक्ता गणेश केसीले जानकारी दिए ।
आयोगमा आएको उजुरी सङ्कलनसँगै तीन दिनदेखि सम्पत्ति छानबिनको प्रारम्भिक चरणको काम सुरु गरिएको आयोगका प्रवक्ता केसीले जानकारी दिए ।


प्रतिक्रिया