काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा रहेको बताएका छन् । बुधबार चुनदेवीमा संस्थापन इतर समूहको बैठकलाई सम्बोधन गर्दै खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै यस्तो बताएका हुन् ।
‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ खड्काले भने, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ ।’ पहिले पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेर पार्टी विभाजन भएको उनले दाबी गरे । ‘पहिले गिरिजाबाबुले चाहेर नै पहिले पार्टी विभाजन भएको हो । अहिले पूर्ण खड्का, विमलेन्द्र निधिले चाहेर पार्टी विभाजन हुँदैन,’ उनले भने ।



प्रतिक्रिया