काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।
उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि राज्य तथा सुशासन समितिले यसअघि १० दिनको समय दिएर संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर सार्वजनिक रुपमा उजुरी आह्वान गरेको थियो । जसका लागि हिजो जेठ ४ गतेसम्म १० दिनका लागि समय दिएको थियो । त्यसपछि एकैदिन संसदीय सुनुवाइ समितिले आजै उजुरीकर्ताको सुनुवाइ र सिफारिस मनोज कुमार शर्माको सुनुवाइ लगायत सबै सकेको छ ।




प्रतिक्रिया