राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।
आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्रीमा प्रस्ताव गर्ने कार्यसूची रहेको र सोही बैठकबाट अनुमोदन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपामा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा संलग्न थिए ।
यसअघि सहमति अनुसार सुनिल लम्साल महामन्त्री र भूपदेव सहमहामन्त्री थिए ।
लम्साल मन्त्री बनेपछि खाली भएको पदमा भूपदेवलाई अघि सारिएको हो ।
बालेन शाहका निकट मानिने भूपदेव यसअघि प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका छन् ।
पार्टी एकीकरणपछि उनी केन्द्रीय सदस्य बनेका थिए ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अछाम–२ बाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए ।



प्रतिक्रिया