इरानी जहाज अमेरिकी सेनाको नियन्त्रणमा

खाडी क्षेत्रमा जारी तनावका बिच अमेरिकी नौसेनाले एक इरानी मालवाहक जहाजलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत टुस्का नामको उक्त जहाजलाई अमेरिकी जल नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा कब्जा गरिएको पुष्टि गरेका हुन्।

रोकिने चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी युद्धपोतले उक्त जहाजको इन्जिन रुममै प्रहार गरेर त्यसलाई बिच समुन्द्रमै रोकेको ट्रम्पको दाबी छ। करिब ९०० फिट लामो र एउटा विमानवाहक जहाज जत्तिकै तौल भएको भनिएको टुस्का इरानी झण्डावाहक जहाज हो।
यो घटना यस्तो समयमा भएको छ, जब पाकिस्तानमा इरान र अमेरिकाबिच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताको तयारी भइरहेको चर्चा थियो। ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा जारेड कुश्नर र स्टिभ विट्कफ सम्मिलित टोली वार्ताका लागि पाकिस्तान जान लागेको पुष्टि गरिसकेको छ।

प्रतिक्रिया