नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ ५ः१५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । पत्थरीको अप्रेशनपछि उपचाररत् ओलीसँग प्रचण्डले करिब ३० देखि ४० मिनेटसम्म कुराकानी गरे ।
एमाले सचिव पद्मा अर्यालले प्रचण्डको भेटलाई स्वास्थ्य लाभको शुभकामनासँग जोड्दै “उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो” भन्ने स्पष्टोक्ति दिए पनि, दुवै पार्टीबीच सहकार्यको चर्चा चर्किरहेको बेला यो भेटलाई राजनीतिक रूपमा अत्यन्त अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया