प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक अभ्यासहरू त्याग्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसद्को कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले देश र समाजको बदलिँदो आवश्यकता अनुसार संसद्लाई अघि बढाइने उल्लेख गर्दै विधेयक मस्यौदा प्रक्रियामा सरोकारवालासँगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले यसपटकको बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै संसद्का प्रक्रिया, विधि, कानुन र संविधानको पूर्ण पालना गर्दै छिटोछरितो र परिणाममुखी काम गर्ने अभ्यास विकास गरिने बताए।



प्रतिक्रिया